- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काबुल। तालिबानले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिएपछि बगराम र पुल-ए-चरखी जेलबाट एक हजार ८०० सय आईएसआईएस लडाकुलाई रिहा गरिएको तालिबानका कार्यवाहक विदेश मन्त्री अमिर खान मुत्ताकीले बताएका छन्।
उज्वेकिस्तानको राजधानी तास्कन्द अन्तर्राष्ट्रिय सम्मेलनमा विदेश मन्त्री भुत्ताकीले तास्कन्द सम्मेलनमा आफ्नो भाषणमा आईएसआईएस कैदीहरूको रिहाइ भएको जानकारी दिएका हुन्। यद्यपि, उनले तालिबान प्रशासनको अघिल्लो ११ महिनाको अवधिमा आईएसआईएस लडाकुहरूलाई वशमा पार्न पर्याप्त बलियो आधार बनाएको समेत बताएका छन्।
उत्तरी अफगानिस्तानको जज्जान प्रान्तमा आईएसआईएसका सदस्यहरूलाई तालिबानले घेरा हाल्दा अघिल्लो प्रशासनले उनीहरूलाई काबुल पठाएको उनले दाबी गरे। उनले अघिल्लो ११ महिनादेखि सोही आईएसआईएसले अफगानिस्तानमा अशान्ति मच्चाइरहेको दाबी गरेका छन्।
यसअघि अमेरिकी अधिकारीहरूले तालिबानले पुल-ए-चरखी र बगरामको जेलबाट कट्टरपन्थी इस्लामिक आईएसआईएसका कैदीहरूलाई रिहा गरेकोले समूहलाई बलियो बनाएको पनि बताएका थिए। गत वर्ष प्रत्येक प्रान्तको नियन्त्रणमा लिएपछि तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तानका सबै हिरासत केन्द्रहरू र जेलहरू खाली भएका सबै बन्दीहरूलाई माफी दिएका थिए।
तालिबानले आईएसआईएस भौतिक रूपमा अफगानिस्तानमा अवस्थित नभएको र कुनै पनि खतरा नभएको बताएका छन्। तालिबानको नियन्त्रण प्राप्त भएदेखि आईएसआईएसले मस्जिद, विद्यालय र कारहरूमा घातक आक्रमणहरूको जिम्मेवारी लिएको छ।