arrow

सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ - सञ्चार मन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
national-information-day-nic-suchana.jpg

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सूचना हक लोकतन्त्रको बलियो आधार स्तम्भ भएको बताएका छन् ।शुक्रबार अर्थात् आज भदौ ३ गते १६ औं राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सञ्चार मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताएका छन् । लोकतन्त्रका मूल्यमान्यताहरुलाई आत्मसात गर्दै लोकतन्त्रको माध्यमबाट मुलुकलाई चाँडो भन्दा चाँडो समृद्धको दिशामा अग्रसर गराउने बिषयमा सरकार प्रतिबद्ध रहेको र सोही दिशामा अघि बढी रहेको मन्त्री कार्कीले बताएका छन् ।

कार्यक्रममा बोल्दै सञ्चारमन्त्री कार्कीले भने, 'सूचनाको हक लोकतन्त्रको बलियो आधार स्तम्भ हो भन्ने कुरामा दुई मत छैन् । लोकतन्त्रको विकासका लागि सूचनाको हक आवश्यक छ ।'

उनले हरेक नागरिकलाई सूचनाको हक आवश्यक भएको र सूचना हरेक नागरिकको अधिकार भएको समेत बताएका छन् । सूचना पाएर मात्रै हरेक नागरिक सुचित हुने र सोही अनुसार आफ्नो मत बनाउन सक्ने र त्यसपछि मात्रै सबल सरकार बन्ने हुँदा सुचना हरेक नागरिकका लागि आवश्यक रहेको मन्त्री कार्कीको भनाइ छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका सचिव दिबस आचार्यले हरेक नागरिकका लागि सूचनाको हक सुनिश्चित हुनु पर्ने बताएका छन् । सूचना आयोगका पूर्व आयुक्त श्री आचार्यले आयोगले हरेक नागरिक समक्ष सुचनाको हक सुनिश्चित गर्नका लागि बिशेष योगदान दिँदै आएको बताए ।

यस्तै सूचनाका लागि राष्ट्रिय महासंघका अध्यक्ष उम्मिद बागचन्द र नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले सूचनाको हक सुनिश्चित गर्नका लागि यी दुवै संस्थाले महत्वपूर्ण भुमिका खेल्दै आएको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगका अध्यक्ष एवं प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङले आयोगले सूचनाको हक सुनिश्चित गर्नका लागि काम गर्दै आएको र यसलाई अझैं बलियो बनाउनु पर्ने बताएका छन् । 

राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनाली, अर्का सूचना आयुक्त कमला ओली थापालगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ