arrow

प्रचण्डसँग सशस्त्र द्वन्द्वकै धङधङीः फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
prachanda-2079-05-03.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । 

काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग ९वाईसीएल०को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । 

देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए । 

क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले सशस्त्र द्वन्द्वकै धङधङीका रुपमा वाईसीएललाई फौजको रुपमा काम गर्न निर्देशन दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ