arrow

दार्चुलामा भदौ ६ देखि बालबालिकालाई कोरोना विरुद्धको खोप 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
darchula-health-meeting-.jpg

दार्चुला । दार्चुलामा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिइने भएको छ । यही भदौ ६ देखि १० गतेसम्म जिल्लामा अभियान सन्चालन गरेर बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने भएको हो । 

जिल्लाका लक्षित उमेर समूहका १८ हजार बालबालिकालाई ४ सय २९ खोप केन्द्रहरुमार्फत खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । 

बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । फाइजर–बायोएनटेक खोप बालबालिकालाई दुई डोज लगाउनुपर्छ । दार्चुला जिल्लाका लागि ४० हजार ५ सय डोज खोप आइपुगेको प्रमुख भट्टले बताए । 

२१ दिनपछि मात्रै अर्को डोज लगाउनुपर्ने उनले बताए । दार्चुलामा यसअघि कोभिशिल्ड, एष्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन र मोडर्ना खोप लगाइएको छ । 

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार ९७ हजार जनाले पूर्ण मात्रा खोप पाएका छन् भने ४६ हजार ३ सय ६० जनाले बुस्टर डोज लगाएका छन् । जिल्लामा अहिले कोरोनाका १५ जना संक्रमित रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ