- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विज्ञहरुको सुझाव, विज्ञ र प्राविधिकहरुबीच भिन्नता नै नदेखिनेलगायत विभिन्न विवादास्पद विषयहरु समेटेर प्रतिनिधि सभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७९ पारित गरेको भन्दै नेपाल भेटेरिनरी एशोसिएसनले विरोध आन्दोलन शुरु गरेको छ ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालय, संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आफूहरुले पटक पटक माग राख्दै आएको भए पनि आफ्ना मागहरुलाई बेवास्ता गर्दै विधेयक पारित भएपछि सरोकारवालाहरु आन्दोलनमा उत्रिएका हुन् ।
देशका दूरदराजमा पशु चिकित्सक लगायतका सेवा सुविधा पुर्याउनु पर्ने दायित्वको विषयलाई समेत ध्यानमा नराखी स्वार्थ निहित ढंगले विधेयक पारित भएकोमा एशोसिएसन बागमती प्रदेशले आपत्ति जनाएको छ ।
एशोसिएसनले एक विज्ञप्ति जारी गर्दै सरकारले तत्काल विधेयक सच्याउन पहल नगरेमा सम्पूर्ण पशुचिकित्सा क्षेत्रका कर्मचारीहरुले सेवा ठप्प पारी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
यस्तो छ विज्ञप्ति: