arrow

तनहुँमा करेन्ट लागेर बाबु-छोराको मृत्यु, आमा घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
current-socked.png

पोखरा । तनहुँमा बिहीबार साँझ करेन्ट लागेर दुई जनाको ज्यान गएको छ भने एक महिला घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पा निस्ती गाउँपालिका वडा नं. ५ घर भइ हाल शुक्लागण्डकी नगरपालिका वडा न.२ कोत्रे स्थित बंगुर फारममा काम गर्दै आएका बर्ष २२ का चित्रबहादुर ब्याम्बो र उनका छोरा ९ महिनाका आदि ब्याम्बो रहेका छन् ।

घाइते हुनेमा चित्रकी श्रीमती १९ वर्षकी दिलमाया ब्याम्बो रहेकी छन् । उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरीका अनुसार कोत्रेस्थित गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्नेक्रममा करेन्ट लागेर तीनै जना घाइते भएका थिए । 

उनीहरुलाई तत्कालै उद्धार गरि उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा ल्याइएकोमा बाबु-छोरालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ