कोरोनाबाट दुईको मृत्यु, चार भेन्टिलेटरमा, ५३ आईसीयूमा
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
1.2k
Shares
काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार थप दुईको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट ११ हजार ९९२ जनाको ज्यान गइसकेको छ ।
थप २९९ संक्रमित थपिएका छन् । जसमा १६७० जनाको पीसीआर परीक्षणबाट १८० अर्थात् परीक्षणको ११ प्रतिशत संक्रमित पाइएका हुन् ।
५७७ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ६२५ रहेको छ । आईसीयूमा ५३ तथा भेन्टिलेटरमा चार जना रहेका छन् ।