arrow

कोरोनाबाट दुईको मृत्यु, चार भेन्टिलेटरमा, ५३ आईसीयूमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार थप दुईको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट ११ हजार ९९२ जनाको ज्यान गइसकेको छ । 

थप २९९ संक्रमित थपिएका छन् । जसमा १६७० जनाको पीसीआर परीक्षणबाट १८० अर्थात् परीक्षणको ११ प्रतिशत संक्रमित पाइएका हुन् ।

५७७ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ६२५ रहेको छ । आईसीयूमा ५३ तथा भेन्टिलेटरमा चार जना रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ