arrow

गिरीको प्रतिबद्धता नेपालको राजनीतिको लागि सदैव मार्गदर्शन : अर्थमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
janardan-ji.PNG

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले नेपाली कांग्रेसका नेता प्रदीप गिरी प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

अर्थमन्‍त्री शर्माले आइतवार नेता गिरी  प्रति श्रद्धाञ्जली व्यक्त गर्दै  लेखेका छन् ,' नेपालका निष्ठावान, बरिष्ठ राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता, सम्मानित समाजबादी बुद्धिजीवी मा. प्रदीप गिरीको उपचारका क्रममा दुःखद निधन भएको हुदा उहां प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछु ।'

शर्माले गिरीको लोकतन्त्र र समाजबाद प्रतिको प्रतिबद्धता नेपालको राजनीतिको लागि सदैव मार्गदर्शन रहने बताएका छन् ।  'उहांको लोकतन्त्र र समाजबाद प्रतिको प्रतिबद्धता नेपालको राजनीतिको लागि सदैव मार्गदर्शन रहनेछ ।' शर्माले भनेका छन् । 

गिरीको शनिबार राति मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ