arrow

सांसद गिरीको निधनपछि संसद बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
parliament-2079-03-29.jpg

काठमाडौं । सांसद प्रदीप गिरीको निधनपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक कांग्रेस नेता गिरीको निधन भएपछि स्थगित भएको हो । 
 
बैठक सोमवार १ बजे बस्ने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन् । गिरीको निधनपछि सांसदहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । भोलि बस्ने प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पेस गरिँदै छ । 

गिरीको पार्थिव शरीर ११ : ३० बजे देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिँदै छ ।

भारतमा घाँटीको क्यान्सरको उपचार गरी नेपाल फर्किएका गिरीको शनिवार राति मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको थियो । 

No description available.



नयाँ