arrow

प्रदीप गिरीलाई भारतीय कंग्रेसदेखि कम्युनिस्ट नेताहरुबाट श्रद्धाञ्जली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
pradip-giri-died-2079-05-04.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता, सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनमा देश विदेशबाट विभिन्न व्यक्तिहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम येचुरीले प्रदीप गिरी आफ्ना प्रिय एवं निकट मित्र रहेका गिरिको निधले स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले लेखेका छन्, ‘प्रिय एवं घनिष्ठ मित्र प्रदीप गिरीलाई गुमाउनु पर्दा गम्भीर रुपमा दुःखी छु। उनी लोकतन्त्रका योद्धा थिए। नेपालमा राजतन्त्र फ्याँक्ने संघर्षको उनले नेतृत्व गरे । भारतका लामो समयदेखिका घनिष्ट मित्र थिए। सलाम छ प्रदीप।’

नेपाली कांग्रेसका नेता, सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनमा देश विदेशबाट विभिन्न व्यक्तिहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यस्तै भारतीय कांग्रेसका राष्ट्रिय महासचिव मोहन प्रकाशलेसमेत गिरीको निधनमा दुःख ब्यक्त गरेका छन् । गिरी एक सच्चा समाजवादी नेता, गान्धीवादी र हृदयदेखि लोहियात व्यक्ति रहेको बताउँदै उनले आफ्नो सम्पूर्ण जीवन सामाजिक कार्यमा समर्पित गरेको बताउँदै महासचिव मोहन प्रकाशले शोक व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मेरा प्रिय मित्र सांसद श्री प्रदीप गिरीजी को निधनमा गहिरो दुःख व्यक्त गर्दछु। उहाँ एक सच्चा समाजवादी नेता, गान्धीवादी र हृदयदेखि लोहियावादी हुनुहुन्थ्यो। उहाँले आफ्नो सम्पूर्ण जीवन सामाजिक कार्यमा समर्पित गर्नुभयो।’

यस्तै उनले आफूहरुबीच भेट नभएकोसमेत ट्विटमा उल्लेख गरेका छन् । भारतीय कांग्रेसका नेतासमेत रहेका मोहन प्रकाशले अघि लेखेका छन्, ‘म तपाईलाई भेट्न लगभग त्यहाँ थिएँ तर तपाईले भेट्ने मौका दिनुभएन जसको लागि म सधैं शोकमा रहनेछु। ईश्वरले दिवंगत आत्माको चिरशान्ति प्रदान गरुन् र शोक सन्तप्त परिवारलाई सहयोग गरून् ।’

यस्तै नेता प्रकाशले आफूलाई टेलिफोन गरेर गिरीको निधनमा दुःख ब्यक्त गरेकोसमेत कांग्रेस नेता विमलेन्द्र निधीले ट्विटरमार्फत बताएका छन् ।

यस्तै भारतको बहुजन समाजवादी पार्टीका नेता सुधिन्द्र भदोरियालेसमेत नेपालले महान् लोकतन्त्र सेनानी गुमाएको भन्दै गिरीको निधनमा शोक व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले लेखेका छन्, ‘नेपालका महान् प्रजातन्त्र सेनानी प्रदीप गिरीको निधनबारे एकाबिहानै खबर पाएँ । यति दुःखको अनुभूति भइरहेको छ कि त्यसलाई ब्यक्त गर्न शब्दको अभाव भइरहेको छ। आज भारतले एक मित्र, सही सल्लाह र न्यायका विरुद्ध आवाज बुलन्द गर्ने मान्छे गुमाएको छ। प्रदीपजीप्रति विनम्र श्रद्धान्जली छ ।’

भारतमै बनारस हिन्दू विश्वविद्यालय र जवाहरलाल नेहरू विश्वविद्यालय अध्ययन गरेका कांग्रेस नेता गिरीको भारतमा समेत असल सम्बन्ध रहेको थियो । नेता गिरीको निधनमा देशविदेशबाट थुप्रै व्यक्तिहरुले श्रद्धाञ्जली दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ