arrow

न्यूजिल्याण्डमा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
NewZealand.A2002296.2220.250m_North_Island_crop.jpeg
गिस्बर्न । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । गिस्बर्नको उत्तर पूर्व एक सय ६९ किलोमिटर दूरीमा ७.१ म्याग्नेच्युडको भूकम्प गएको हो । 
 
भूकम्पपछि सुनामीको खतरा रहेको स्थानीय सञ्चारमाध्यमको हवाला दिंदै बीबीसीले जनाएको छ ।
 
तर सुनामी चेतावनी केन्द्रले भने समुन्द्रमा २१ सेन्टिमिटर उचाईमा मात्रै छाल आएको पाइएकोले खतरा नरहेको जनाएको छ ।
 
भूकम्पपछि उत्तरी आइल्याण्डको पूर्वी तटका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
 
भूकम्पपछि सो क्षेत्रमा केही भौतिक संरचनामा क्षति पुगे पनि कोही हताहत भएको खवर छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ