arrow

ब्रजिल र कोरियाका लागि राजदूतले लिए शपथ

दुवै विधेयक प्रमाणीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
sital-niwas.jpeg

काठमाडौं । ब्राजिल र गणतन्त्र कोरियाका लागि नवनियुक्त दुई राजदूतले राष्ट्रपति समक्ष शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूत निर्मलराज काफ्ले र प्रा डा ज्योति प्याकुरेल (भण्डारी) ले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आइतबार आयोजित समारोहमा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत  काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा डा प्याकुरेल ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । 

साथै राष्ट्रपति  भण्डारीले सङ्घीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुवै विधेयक प्रमाणीकरण गरेकी छन् । 

राष्ट्रपति कार्यालयका अनुसार उनले नेपालको संविधानबमोजिम नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ