arrow

प्रतिनिधि सभा बस्दै, प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
Parliament_building-1619601493.png

काठमाडौं । दिवगंत नेता प्रदीप गिरीको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गर्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा गिरिप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोक प्रस्ताव पारित गर्ने भएको हो । 

२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा– ५ बाट पहिलोपटक सांसदमा निर्वाचित भएका गिरी त्यसपछि क्रमशः २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।
 
यसैगरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा–१ बाट निर्वाचित भएका क्यान्सर पीडित गिरीको शनिबार राति उपचारको क्रममा निधन भएको थियो ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद गिरीको आइतबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ