arrow

एनएमबी बैंकको एटीएम मेशिन फोडेर चोरी गर्ने अनिश पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
Anish tamang.jpg

पोखरा । कास्की प्रहरीले बैंकको एटीएम मेशिन फोडेर चोरी गर्ने व्यक्ति एक महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका वडा नं. ५ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ३० डुँडाकोमुख बस्ने वर्ष २१ का अनिश तामाङ रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले तामाङलाई रूपन्देही बेलहिया (नेपाल-भारत सीमा नजिक) बाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार तामाङले गत साउन २ गते राति पोखरा ३० स्थित एनएमबि बैंकको एटीएम मेशिन फोडेर १५ लाख रुपैयाँ रकम चोरेका थिए । उनले सोही राति एनआइसी एशिया बैंकको एटीएम मेशिन पनि फोड्ने प्रयास गरेका थिए ।

कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनापछि प्रहरीले अनुसन्धान गर्नेक्रममा दुवै घटनामा एउटै व्यक्तिको हुलियार सो घटनामा ग१०प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेटसमेत प्रयोग भएको देखिएको थियो । थप अनुसन्धान गर्नेक्रममा तामाङले चोरी गरेको भन्ने पुष्टि भएपछि उनको खोजी गर्नेक्रममा पक्राउ परेका हुन् ।

पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी तिवारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ