arrow

चुनावका बेलामा विप्लव नेकपा पुरानै कर्मतिर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
ranke-julus.jpg

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो ।

जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै गर्दा दलहरु निर्वाचनको तयारीमा लागिरहँदा चुनावका लागि दल दर्तासमेत नगरेको विप्लव समूहले भने बन्दको आह्वान गरेको हो । 

जबकि सोमबार मात्रै सरकारले विप्लवको पार्टीको मागलाई सम्वोधन गर्ने भनिसकेको छ । 

विप्लव समूहले बन्दको आह्वान गरेसँगै प्रभावित नहुने काठमाडौं उपत्यकाका विद्यालयहरुमा धमाधम बन्दको सूचना जारी गर्न थालिएको छ । विद्यार्थीहरुको सुरक्षालाई ध्यानमा राखेर विद्यालय प्राविधिक कारणले बन्द रहने भन्दै अभिभावकहरुलाई सन्देश पठाउन थालिएको हो । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ