arrow

उत्तर कोरियाले तर्साएपछि दक्षिण कोरिया र अमेरिका सैन्य अभ्यासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
south-korea-USA-army-drills-military-exercise.jpg

सोल । बारम्बार क्षेप्यास्त्र हानि रहने उत्तर कोरियाको आक्रमणलाई निस्तेज पार्न दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका संयुक्त अभ्यासमा रहेका छन्।

उलची फ्रिडम शिल्ड नामक दिएको अभ्यास सेप्टेम्बर १ सम्म चल्नेछ । जसमा कमाण्ड पोस्ट, क्षेत्रीय प्रशिक्षण र नागरिक रक्षा अभ्यासका लागि कम्प्युटर सिमुलेशन लगायतका विधाहरू समावेश हुने बताइएको छ।

अभ्यासको पहिलो सत्रमा दुई देशका सेनाले उत्तर कोरियाको सम्भावित आक्रमणलाई निस्तेज पार्न र महानगरीय क्षेत्रको सुरक्षा गर्ने अभ्यास गर्ने बताइएको छ। 

 यस्तो अभ्यासको चार वर्षका दौरानमा यस पालि पहिलो पटक क्षेत्रीय प्रशिक्षण समावेश गरिएको दक्षिण कोरियाली मिडियाले जनाएको छ। यस क्षेत्रमा सम्भावित बढ्दो तनावले गर्दा त्यसो गर्नु परेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ