- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रचारका लागि प्रयोग गर्न दिइने सवारी साधनको निर्धारण गरेको छ ।
निर्वाचन आचारसंहिता २०७९ अनुसार उम्मेदवारले दुई वटा चार पाङ्ग्रे सवारी साधन चुनाव प्रचारप्रसारमा प्रयोग गर्न पाउनेछन् । त्यसको लागि उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति भने लिएको हुनुपर्नेछ । उम्मेदवारका लाग दिएको गाडिले मतदाता बोक्ने पाइनेछैन । साथै गाडी नचल्ने ठाउँमा चार वटा घोडा प्रयोग गर्न पाइनेछ ।
आयोगले राजनीतिक दलका मुख्य दुई प्रचारकलाई हेलिकोप्टर प्रयोग गर्न दिने भएको छ । त्यसका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने छ । त्यसपछि आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्नेछन् । तर दुई व्यक्ति भने पदाधिकारी रहन पाउने छैनन् ।