arrow

छ सय चौंतीस कोरोना संक्रमित थपिए, एकको मृत्यु, तीन जना भेन्टिलेटरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
corona-omicron-nepal.jpg

काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९४९ नमुना परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

२ हजार ७५७ नमुनाको पीसीआर परीक्षण गर्दा ३४३ जनामा र २ हजार १९२ नमूनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४१७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । ५२ जना आईसीयूमा रहेका छन् । तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ