arrow

निर्वाचनका लागि समानुपातिकतर्फ भदौ १० गतेबाट दल दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदश पेश गर्न आह्वान गरेको छ ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आह्वान गरेको हो । 

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचना अनुसार १० भदौ देखि १२ भदौसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ ।

आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ