arrow

नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
puspa-kamal-dahal-prachanda-2079-04-28.jpg

चितवन।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताएका छन् । उनले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताए । 

नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै प्रचण्डले भने, 'अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।' 

झण्डै छ-सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको उल्लेख गर्दै उनले भने, 'आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ