arrow

पर्यवेक्षण गर्न इच्छुक संस्थालाई आवेदन दिन आयोगको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
election-commission-nepal.jpg

काठमाडौं । निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ ।

आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ ।

आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कामगजातसहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान गरेको हो । 

यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले सोको प्रतिवेदन नबुझाए पर्यवेक्षणमा भाग लिन नपाइने आयोगले जनाएको छ । 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ