arrow
ADVERTISEMENT

स्वतन्त्रता दिवसमा कुनै पनि आक्रमण भएमा ‘शक्तिशाली’ जवाफ दिने युक्रेनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
zelensky-biden-putin.jpg

काठमाडौं । आज अगस्ट २४ का दिन युक्रेन सन् १९९१ मा सोभियत सङ्घबाट स्वतन्त्र भएको थियो । आजकै दिन रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पुगेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसद्वारा स्वतन्त्रता दिवस अर्थात् आजको दिनमा हुने कुनै पनि 'क्रूर हमलाहरू'को शक्तिशाली प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

फेब्रुअरी २४ मा रुसी सेनाले सीमाबाट आक्रमण थालेयता आफ्नो देशको प्रतिरोधको नेतृत्व गरिरहेका जेलेन्स्कीले युक्रेनले सन् २०१४ मा गुमाएको क्रिमिया फेरि आफ्नो नियन्त्रणमा लिने बताएका छन् ।

 युक्रेनमा भयानक आक्रमणको योजना, आफ्ना नागरिकलाई तुरुन्तै देश छोड्न अमेरिकी आदेश

जेलेन्स्कीले सप्ताहान्तमा मास्कोले बुधबार स्वतन्त्रता दिवसको अवसरमा 'विशेष गरी कुरूप' प्रयास गर्न सक्ने चेतावनी दिएका थिए ।

मङ्गलवार एक पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले भनेका छन्,'उनीहरूले प्रतिक्रिया पाउनेछन्, एक शक्तिशाली प्रतिक्रिया, म भन्न चाहन्छु कि प्रत्येक दिन... यो प्रतिक्रिया बढ्दै जान्छ, यो बलियो र झन् बलियो हुनेछ।'

   युक्रेन युद्ध : टर्कीका राष्ट्रपतिद्वारा भयानक 'न्युक्लियर डिजास्टर' को चेतावनी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ