arrow

देव गुरुङ भन्छन् –संविधानले प्रतिनिधि सभाको रिक्तताको परिकल्पना गरेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
dev-gurung_.jpg.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधि सभाको रिक्तताको परिकल्पना नगरेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकता रहेको बताए ।
 
महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिए । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका समस्याको सामना गर्न आन्तरिकरूपमा स्थिरता र स्थायित्व जरुरी रहेको उनको भनाइ थियो । 

उनले आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र एक–दुई दिनभित्रै सिट बाँडफाँटको टुङ्गो लाग्ने स्पष्ट पारे । 



नयाँ