arrow

छोरीलाई काठमाडौंबाट उठाउने बाबुरामको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
baburam-hisila.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई काठमाडौंबाट उम्मेदवार बन्ने तयारीमा छिन् । मानुषी काठमाडौँ -७ बाट प्रत्यक्ष तर्फ उम्मेदवार बनाउन नेपाल समाजवादी पार्टी (नेसपा) लागि परेको छ । 

काठमाडौँ -७ बाट मानुषीकी आमा हिसिला यमी पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् ।दोस्रो संविधानसभा निर्वाचनमा भने हिसिला पराजित भएकी थिइन् । अहिले छोरी मानुषी सोही क्षेत्र वाट उठाउने तयारीमा बाबुराम छन् । 

यता अध्यक्ष भट्टराई गोरखा -२ बाट उम्मेदवारको दाबी गरेका छन् । २०७४ सालमा भट्टराई नयाँ शक्ति पार्टीबाट गोरखा २ बाट निर्वाचित सांसद हुन् । 

निर्वाचनमा नेपाली कांग्रेससँगको सहकार्यमा गोरखा-२ बाट साझा उम्मेदवार बनेका डा. भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । 

यसअघि बाबुरामको पार्टी नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न 'गोलाकारभित्रको हँसिया हथौडा' लिएर चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ