arrow

निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
election-commission-hq-building-2022.jpg

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न रहने छन् ।  निर्वाचनमा भाग लिन निवेदन दिएका ८७ बटा राजनीतिक दलको ७९ वटा चुनाव चिह्न रहने छन् ।

दर्ताका लागि निवेदन दिएकामध्ये ७५ दलका आफ्नै चुनाव चिह्न रहनेछन् तर निवेदन दिँदा चारवटा समूहमा रहेका १२ वटा दलले तालमेल गर्ने निर्णय गरेर एकल चुनाव चिह्न माग गरेका थिए । 

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको एकल चुनाव चिह्न स्वीकृत भएको छ । नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रवादी), समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीको समेत एकल चुनाव चिह्न कायम गरिएको छ । 

आयोगले सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टीले समेत तालमेल गर्ने निर्णय गर्दै माग गरेको एकल चुनाव चिह्न स्वीकृत गरेको छ । 

नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाल पार्टी र नेपाल सुशासन पार्टीले तालमेल गरी नेपाल आमा पार्टीको चुनाव चिह्न कायम गरिदिन माग गरेको थियो । 

 निर्वाचनमा भाग लिन निवेदन दिएका ८७ वटै दलको दर्ता स्वीकृत निर्वाचन आयोगले गरेको छ । आयोगका पदाधिकारीको बुधबार बसेको बैठकले दलहरूको दर्ता स्वीकृत गरेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ