arrow

नोबेलमा आए भारतका वरिष्ठ न्यूरो सर्जन जोनाथान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
noble-surgeon-jonathan.jpg

विराटनगर । भारतका वरिष्ठ न्यूरो सर्जन प्रा.डा. एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा शुरु गरेका हुन् ।
    
उनलाई नोबेलका न्यूरो विभाग प्रमुख डा. प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएको लगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशन गर्न अब्बल मानिन्छन् । 

प्रा.डा.जोनाथानको नोबेल प्रवेशले नेपाली बिरामीहरुलाई निकै राहत मिल्ने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् ।

नोबेलमा वरिष्ठ न्यूरो सर्जन डा. काफ्ले, डा. प्रमोद चौधरीलगायत न्यूरो सर्जनहरु पनि कार्यरत छन् । प्रा.डा.जोनाथानको प्रवेशले नोबेलमा न्यूरो सर्जनको टिम थप मजवुत भएको छ । विश्वमै जटिल एवं दुर्लभ मानिने शल्यक्रियाहरु पनि सफलतापूर्वक गरेर नोबेल अस्पताल न्यूरो सर्जरी सेवामा अब्बल सावित छ । 

नोबेलमा नेपालका विभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मालगायत देशका बिरामी पनि शल्यक्रियाका लागि आउने गरेका छन् ।

नोबेलले दुई अर्ब २० करोडको लगानी गरेर २०७३ सालबाट दक्षिणपूर्वी एशियामै पहिलोपटक अत्याधुनिक न्यूरो सर्जरी सेवा शुरु गरेको हो । 

नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो इण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरु भएकाले नोबेलमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ । 

नोबेलमा न्यूरो सर्जरी सम्बन्धी पीएचडी लेबलको ‘एमसीएच न्यूरोसर्जरी’ पढाई पनि हुने गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ