arrow

खडेरीको चपेटामा पर्‍यो चीनको आधा भूभाग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
China_drought.jpeg

बेइजिङ । तिब्बत पठारका केही भागसहित चीनको विशाल भूभागको आधा भाग खडेरीको चपेटामा परेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रेकर्ड गर्मी,  अचानक बाढी र खडेरीले प्रभावित भएको छ । 

जलवायु परिवर्तनका कारण खडेरी झन् तीव्र हुँदै गएको वैज्ञानिकहरूले बताएका छन् । ६० वर्षपछि सबैभन्दा लामो लगातार उच्च तापमान अवधि रेकर्ड भएको कृषि मन्त्रालयले यसै हप्ता जनाएको छ । दक्षिणी चीनले ६० वर्षभन्दा बढी पहिलेदेखि तापमान रेकर्ड गर्दै आएको छ । 

गर्मीको लहरको तीव्रता, दायरा र अवधिले यसलाई विश्वव्यापी इतिहासमा सबैभन्दा खराब रेकर्ड बनाउन सक्ने विज्ञहरूले बताएका छन् ।  तिब्बती पठारसहित दक्षिणी चीनको चरमदेखि असाधारण खडेरी अवस्थाको अनुभव गरिरहेको राष्ट्रिय जलवायु केन्द्रको चार्टले बुधबार देखाएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ