arrow

एलजीको 'चाडपर्वको समय उपहार र नगदमय' अभियान सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
lg-dashani-offer-2079-2022.jpg

काठमाडौँ। नेपालको सबैभन्दा बढी बिक्री हुने ब्राण्ड एलजीले दसैँ तिहार २०७९ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान 'चाडपर्वको समय उपहार र नगदमय' सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सिजी इलेकट्रोनिक्सले एलजीका घरायसी सामानहरू र होम इन्टरटेनमेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरू प्रदान गरेको छ।

यस योजना अन्तर्गत का टिभी, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरूले आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

ग्राहकहरूले एकजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजरेटरको खरिदमा इलेक्ट्रिक कुकर वा ओभन, डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्याँस स्टोभ वा ह्याण्ड ब्लेन्डर र सिङ्गल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन्।

एलजी डिशवासरको खरिदमा ग्राहकहरूले डिशवासर कीट प्राप्त गर्नेछन्। त्यस्तै, ग्राहकहरूले एलजी माइक्रोवेभ ओभनको खरिदमा फ्री खाना पकाउने कीट र एलजी भ्याकुम क्लिनरको खरिदमा आकर्षक नगद छुट प्राप्त गर्ने छन्।

एजली वाशिङ्ग मेसिन फ्रन्ट लोड (९ केजी माथि वासर ड्रायर)को खरिदमा इण्डक्सन कुकर वा फ्यान हिटर, वाशिङ्ग मेसिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ्ग मेशिन टप लोडको खरिदमा फ्री ड्राइ आइरन प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा भइएको छ।

एलजी स्पील्ट रेसिडेन्सियल एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले रु। ४ हजारको नि:शुल्क स्थापना सेवा पाउनेछन्। साथै पिएम १.० एयर प्युरिफायरको खरिदमा एलेक्ट्रीक प्रेसर कुकर प्राप्त गर्नेछन्।
यो योजना नेपाल अधिराज्यभर सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ