arrow

सीजी ब्राण्डको दसैँ–तिहार उपहार योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
cg-meridia-dahaina-offer-2079-2022.jpg

काठमाडौँ। नेपालकै सबैभन्दा ठूलो र नम्बर एक इलेकट्रोनिक्स ब्राण्ड सीजीले यसपालिको दसैँ, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ। सिजी सँग यो पर्व, गरौँ गर्व नामक यस  योजना अन्तर्गत कम्पनीले रु. ४६ हजारसम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरू जित्ने  अवसर प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार ग्राहकहरूले सिजी ब्राण्ड साथै सिजी ब्राण्ड अन्तर्गतको  सिजी मेरिडिया सिग्नेचर सिरिजका प्रोडक्टहरू घर ल्याई गर्वका साथ नेपालको आफ्नो गुणस्तरीय ब्राण्ड प्रयोग  गर्न सक्नेछ भने आकर्षक क्यासब्याक तथा उपहारहरूको आनन्द लिई पर्वलाई महापर्व बनाउन सकिने कम्पनीको विज्ञप्तिमा भइएको छ।

उक्त योजना अन्तर्गत ग्राहकहरूले सिजी ब्राण्डका सिङ्गल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक पाउन सक्ने छन्। साथै, सिजी का ४३" सम्मका  टेलिभिजनहरूको खरिदमा आकर्षक क्यासब्याक तथा ५०" भन्दा माथिका टेलिभिजनहरूमा २.१ स्पिकर उपहार पाउने छन्।

त्यसै गरी, सिजी डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राई प्यान, मल्टी डोर रेफ्रिजरेटरमा  मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरिदमा एलजी कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा  ६ केजी एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ केजी एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा एसीको खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्।

यो आकर्षक योजना कम्पनीले भाद्र ०९, २०७९ देखि देशभरमा सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ