arrow

सेन्साई को ‘३ को झट्का’ नामक दशैं योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
sensai-dashian-offer.jpg

काठमाडौं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिइरहेको नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, तीन  भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् भने बम्पर लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर १५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ ।

साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निःशुल्क डेलीभरी पनि प्रदान गर्नेछ । सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफूलाई लक्की ड्रमा सहभागी गराउन सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ मा एस्एमएस गर्नुपर्नेछ । 

कम्पनीले यो योजना भदौ ९ गतेदेखि सीमित अवधिका लागि मात्र लागू गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी ईओएल रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ