arrow

पोखरामा नालामा खसेर एक किशोरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
death_1618213452.jpg

पोखरा । पोखरामा नालामा खसेर गएराति एक किशोरको ज्यान गएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ काउरेका ११ बर्षीय रविन तिवारी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार राति ८ बजे महानगरपालिका वडा नं.१६ मा वर्षा भइरहँदा रविन सडकबाट चिप्लिएर नालमा खसेका थिए ।

नालामा खसेपछि प्रहरी र स्थानीयले उनको खोजी गर्नेक्रममा करिब एक घण्टापछि अर्थात ९ बजे फेला परेका थिए । 

उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । तिवारीका अनुसार रविन आफ्नी आमा र दिदीसंग दर खाएर फर्कने क्रममा उक्त घटना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ