arrow

पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघमा जीवन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
dohori.jpg

पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जीवन गुरुङ निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न तेस्रो अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । 

संघको उपाध्यक्षमा वीरेन्द्र केसी विजयी भए । उनले प्रत्यासी अमृत गुरुङलाई दुई मतान्तरले पराजित गरेका हुन् र। केसीले १४ मत प्राप्त गर्दा गुरुङले १२ मत प्राप्त गरेका थिए । 

यसैगरी सचिवमा दिलकुमारी मोक्तान, कोषाध्यक्षमा विष्णुबहादुर गुरुङ र सहसचिवमा सन्जु थापा मगर चयन भए । सदस्यमा बबिता कार्की, विष्णु आचार्य, कविर गुरुङ, सुरज शाह ठकुरी, दिनेश केसी र दिप्सन गुरुङ छानिए । संघमा २६ वटा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी आवद्ध छन् ।

यस अगाडि अधिवेशनको पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले उद्घाटन गरेका थिए । कार्यक्रममा दोहोरी व्यवसायीको क्षेत्रमा कलम चलाएको भन्दै कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य सन्तोष बस्याललाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ