arrow

एमालेको निर्वाचन परिचालन कमिटी चार सय ५१ सदस्यीय, ओली संयोजक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
uml-election-committee-2079-05-12.jpg

काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गरेको छ । आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल चयन भएका छन् ।

एमालेले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

शनिबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । साथै, उसले २२ भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारका लागि नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ