arrow

तिलगंगा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
dr-sanduk-ruit-janardan-sharma.jpg

काठमाडौं । तिलगंगा आँखा अस्पतालको सेवा विस्तारमा अर्थ मन्त्रालयले सहयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार मन्त्रालयमा अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीसँग भेट गर्दै सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताएका हुन् । 

गौशालामा रहेको हालको अस्पताल परिसर साँघुरो भएको तथा अस्पतालको सेवा विस्तारका लागि हेटौँडामा संरचना निर्माण गर्ने योजना रहेको रुइतको टोलीले जानकारी दिएको थियो । त्यसका लागि टोलीले अर्थ मन्त्रालयसँग सहयोग माग गरेको थियो । मन्त्री शर्माले मन्त्रालय सहयोग गर्न तयार रहेको जवाफ दिए । 

‘अस्पतालले उत्पादन गर्ने लेन्स नेपालमा मात्र होइन धेरै देशमा निर्यात हुँदो रहेछ’, मन्त्री शर्माले भने, ‘नेपालमै ठूलो मात्रामा उत्पादन गर्दा सस्तो र सुलभ हुने देखियो । हामी छलपफ्ल गरेर के कति सहयोग गर्न सकिन्छ, गरौँला ।’

अस्पतालले हाल आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखालगायतका सेवा प्रदान गर्दै आइरहेको छ । यसैगरी विभिन्न मुलुकका प्रशिक्षार्थीहरूले विशेषज्ञ तालिमसमेत लिने गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ