arrow

लहान यातायातमा चरम दुरुपयोग, लाइसेन्स किनबेच

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
yatayat-karyalaya-lahan-siraha.jpg

सिराहा । यातायात व्यवस्था कार्यालय लाहान सिराहामा लाइसेन्स बिक्री भइरहेको छ । मोटरसाइकल, कार, जिप लगायतका लाइसेन्स बिक्री भइरहेका हुन् । 

कार्यालय प्रमुख कुशेश्वर साह र ट्राफिक प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको मिलोमतोमा लाइसेन्स बिक्री वितरण भैरहेको स्रोतले बताएको छ। सोही कार्यालयका अधिकृत रोहित कोइरालाले सेवाग्राहीको काम बिना घुस कुनै काम नगरेको सेवाग्राहीको गुनासो छ । 

कोइराला पनि ६ वर्ष पहिले सरुवा गराएर आएका थिए । कार्यालय प्रमुख नहुँदा नायब सुब्बा विजय दाहालले कार्यालय चलाउने गरेका छन् । दाहाल पनि करिब ७–८ वर्षदेखि लाहान यातायात व्यवस्था विभागमा रहेका छन् । 

ट्रायल सेन्टरमा ट्राफिक नियम अनुसार सीसी क्यामरा जडान हुनुपर्नेमा सीसी क्यामरा जडान नगरी ट्राइल लिने गरिएको छ । ३०० जना सहभागी भएकोमा पास हुने जम्मा ५–१० जनामात्र रहेका छन् । तर लाइसेन्स २५० जनाले पास गर्ने बताइन्छ । 

सोही कार्यालयमा कार्यरत इन्जिनियर रमानन्द साहले सहमति विपरीत चेकजाँच पास नगरीकन प्रत्येक गाडीको १५ हजारदेखि २० हजार रुपैयाँ लिने गरेको पाइएको छ । 

साथै कार जिपको पनि अञ्चलीकरण नियम विपरीत काम २५ हजार लिएर गरिरहेको पाइएको छ । 

देशैभरका यातायात कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मार्ने गरेको भए पनि लहानमा अख्तियार नदेखिएको पनि गुनासो गरिएको छ । 

पैसा नदिनेलाई भने समस्यामा पार्ने गरिएको पीडित सेवाग्राहीले बताएका छन् । सेवाग्राही रघुवीर यादवले गुनासो गर्दै भने, ‘ट्राइलमा पास गरेको तर मलाई लाइट कारण देखाएर फेल गरिदियो । म जस्तै अरुले गर्दा पास गरे अनि मैले उसलाई सोधे फेल भएको थिस् त है मैले १५ हजार रुपैयाँ दिएको थिएँ पास गरिहाल्छ नि भन्यो । जब कि ट्राइल सेन्टर ट्राफिक नियम अनुसार बनाएको छैन ।’

अर्का पीडित युवा बलदेव चौधरी पनि पीडित छन् । उनी पटक पटक ट्राइल दिँदा फेल भएको बताउँछन् । अन्तिममा चौधरीले १५ हजार रुपैयाँ एर बाइकको लाइसेन्स बनाएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ