arrow

इराकमा वर्षाैं यताको भयानक भिडन्त: कम्तीमा ३० जनाको मृत्यु, सयौं घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
iraq-fighting-iran.jpg

काठमाडौं । इराकको राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि वर्षौंयताकै सबैभन्दा भयानक भिडन्त निम्तिएको छ । भिडन्तमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको र करिब ७ सय भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

शिया मुस्लिम धर्मगुरु मोक्तादा अल सद्रका समर्थकहरूले सुरक्षा बल र इरानसँग मिलेर बनेका मिलिशियाहरूसँग झडप गर्दा गोली र रकेट फायर भएको छ ।

इराकका सबैभन्दा प्रभावशाली व्यक्तित्व मध्येका एक मुक्तादा अल सद्रले आफू राजनीतिक जीवनबाट पछि हटेको बताएपछि हिंसा भड्किएको हो ।

अक्टोबरको निर्णायक चुनावपछि इराक अन्यौलतामा छ । सो चुनावमा सद्रको गुटले सबैभन्दा बढी सिट जितेको थियो । तर दोस्रो ठूलो गुट मुख्यतया इरान समर्थित दलहरू मिलेर नयाँ सरकार गठनमा सहमत हुन सकेन ।

पीस ब्रिगेड भनेर चिनिने सद्रको इरान समर्थीत लडाकु र इराकी सुरक्षा बलका सदस्यहरूबीच भिडन्त भइरहेको छ।

धेरै जसो भिडन्ट शहरको ग्रीन जोन वरपर केन्द्रित छ । जुन एक बिशेषरुपमा सुदृढ क्षेत्र हो र जहाँ सरकारी भवनहरू र विदेशी दूतावासहरू छन्। 

झडपका कारण डच दूतावासका कर्मचारीहरू जर्मन मिसनमा जान बाध्य भएका थिए। 

इरानले अशान्तिको प्रतिक्रियामा इराकसँगको आफ्नो सीमा बन्द गरेको छ र कुवेतले आफ्ना नागरिकहरूलाई तुरुन्तै देश छोड्न आग्रह गरेको छ। मारिनेहरू सबै सद्रका समर्थक भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ