arrow

प्रतिनिधि र प्रदेश सभा निर्वाचन :

म्यादी प्रहरीको तलब ५० हजार बराबर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
myadi-police.jpeg

काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षाका लागि खटिने म्यादी प्रहरीले करिब ५० हजार तलब पाउने भएका छन् ।  

म्यादी प्रहरीले ४० दिनका लागि तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर करिब ५० हजार हाराहारी तलब पाउनेछन् । 

सरकारले निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिइसकेको छ। आगामी असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया शुरु हुँदै छ ।  उनीहरूका लागि कुल रु पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन भएको छ।

सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा ४९ हजार दुई सय ६० तलब प्राप्त गर्नेछन्। हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ। 

म्यादी प्रहरीले तलब ३४ हजार सात सय ६०, रासनबापत सात हजार २०० पाउने छन्।  पोशाकका लागि छ हजार रुपैयाँ पाउनेछन् ।  आवतजावत भाडा खर्च एक हजार, प्रतिदिन रु तीन सयका दर पाउनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ