arrow

गठबन्धन सिट बाँडफाँटमा अलमलमा, बस्दै कार्यदल बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । निर्वाचनमा सिट बाँडफाँटका लागि कार्यदलले छलफल गर्दै आएको छ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । 

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेश सभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन । 

प्रतिनिधि सभाको १६५ सिटका लागि २२७ को दाबी परेपछि कार्यदल रणभुल्लमा छ । यद्यपि शीर्ष नेताहरुको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएपछि आज बैठक बस्न लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ