arrow
ADVERTISEMENT

शीतयुद्ध अन्त्य गर्ने सोभियत संघका राष्ट्रपतिको निधनमा विश्व स्तब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
mikhail-gorbachev-ussr.gif

काठमाडौं । शीतयुद्ध अन्त्य गर्ने सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको रुसी समाचार एजेन्सीहरूले चिकित्सा स्रोतलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।

सोभियत संघका पहिलो र एकमात्र राष्ट्रपति गोर्बाचेभले सन् १९८५ देखि १९९१ मा सोभियत संघको पतनसम्म यसको नेतृत्व गरेका थिए ।

मंगलबार मास्कोको केन्द्रीय क्लिनिकल अस्पतालले एक विज्ञप्तिमा जारी गर्दै लामो समयदेखि बिरामी परेका गोर्बाचेभको निधन भएको पुष्टि गरेको हो ।

गोर्बाचेभको राजीनामासँगै सन् १९९१ मा सोभियत संघको विघटन भएको थियो भने त्यससँगै शीत युद्ध र पूर्व-पश्चिम बीचको वर्षौंको टकराव अन्त्य भएको थियो । पूर्वी युरोपेली राष्ट्रहरू सोभियत प्रभुत्वबाट मुक्त भएका थिए र आधुनिक रूसी राज्यको स्थापना भएको थियो ।

विश्वभरबाट शोक व्यक्त

सोभियत युगका नेता गोर्बाचेभ २० औं शताब्दीका प्रभावशाली व्यक्ति हुन् भने उनलाई सन् १९९० को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । गोर्बाचेभको निधनमा विश्वभरबाट विभिन्न राष्ट्र प्रमुख, संस्था एवं व्यक्तिहरुले शोक व्यक्त गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गोर्बाचेभको निधनमा  'गहिरो समवेदना' व्यक्त गरेका छन् । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले इन्टरफ्याक्स समाचार एजेन्सीसँग बोल्दै पुटिनले  'गोर्बाचेभको परिवार र साथीहरूलाई शोकको टेलिग्राम पठाउने' बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्,'मिखाइल गोर्बाचेभ एक उल्लेखनीय भिजन भएको व्यक्ति थिए। सोभियत संघको नेताको रूपमा दुई देशको आणविक हतियारहरू कम गर्न, आणविक हतियारको दौडको अन्त्यको लागि विश्वव्यापी प्रार्थना गर्ने मानिसहरूलाई राहत दिन उहाँले राष्ट्रपति रेगनसँग हाम्रा काम गर्नुभयो। दशकौंको क्रूर राजनीतिक दमन पछि उनले लोकतान्त्रिक सुधारहरू अँगाले। धेरै वर्षको एक्लोपन र वञ्चितता पछि सोभियत संघका जनताको लागि अगाडि बढ्ने नाराका रूपमा नभएर मार्गको रूपमा उहाँ ग्लास्नोस्ट र पेरेस्ट्रोइका खुलापन र पुनर्संरचनामा विश्वास गर्नुहुन्थ्यो।'

बाइडेनले अघि भनेका छन्,'यो एक दुर्लभ नेताले गर्ने कामहरु थिए । जससँग एक फरक भविष्य सम्भव छ भनेर कल्पना गर्ने र यसलाई प्राप्त गर्नको लागि आफ्नो सम्पूर्ण करियरलाई जोखिममा पार्ने साहस थियो। त्यसैको परिणामले लाखौं मानिसहरूका लागि सुरक्षित र ठूलो स्वतन्त्रता संसार थियो।'

'हामी उहाँको परिवार, साथीहरू र उनको राम्रो कामबाट लाभ प्राप्त गरेका संसार भरिका मान्छेहरुलाई हाम्रो गहिरो संवेदना पठाउँछौं,' बाइडेनले भनेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन गोर्बाचेभ आफ्नो कार्यकालमा रहेका बेला सिनेटको विदेश सम्बन्ध समितिका सदस्य थिए।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेस

यस्तै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि गोर्बाचेभको निधनमा शोक व्यक्त गरेका छन् । उनले भनेका छन्, 'मिखाइल गोर्बाचेभ एक प्रकारका राजनेता थिए जसले इतिहासको ढाँचा परिवर्तन गरे। विश्वले एक शक्तिशाली विश्व नेता, प्रतिबद्ध बहुपक्षीय र शान्तिका लागि अथक वकालतकर्ता गुमाएको छ। उहाँको निधनले म गम्भीरुपमा दुःखी छु।'

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयन

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले पनि उनको निधनमा शोक व्यक्त गरेकी छन् । उनले भनेकी छन्,'मिखाइल गोर्बाचेभ एक विश्वसनीय र सम्मानित नेता थिए। उनले शीतयुद्धको अन्त्य गर्न र फलामको पर्दा हटाउन महत्त्वपूर्ण भूमिका खेले। यसले स्वतन्त्र युरोपको लागि बाटो खोल्यो... यो विरासत हामीले बिर्सने छैनौं ।'

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले भनेका छन्,'शान्तिका मानव जसको निर्णयले रुसीहरूको लागि स्वतन्त्रताको बाटो खोल्यो मिखाइल गोर्बाचेभको मृत्युमा मेरो संवेदना। युरोपमा शान्तिप्रतिको उनको प्रतिबद्धताले हाम्रो साझा इतिहासलाई परिवर्तन गरेको छ।'

रेगन फाउन्डेशन र संस्थान

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको फाउन्डेशन एवं संस्थानले पनि गोर्भाचेभको निधनमा शोक व्यक्त गरेको छ । संस्थानले भनेका छ, 'रेगन फाउन्डेसन र इन्स्टिच्युटले पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभ गुमाएकोमा शोक व्यक्त गर्दछ, एक व्यक्ति जो एक पटक रोनाल्ड रेगनको राजनीतिक प्रतिद्वन्द्वी थिए भने अन्तमा मित्र बन्न पुगे। हाम्रो विचार र प्रार्थना गोर्बाचेभ परिवार र रुसका जनतामा जान्छ।'

बेलायती प्रधानमन्त्री बोरिस जोनसन

बेलायती प्रधानमन्त्ती बोरिस जोनसनले भनेका छन्,'शीतयुद्धलाई शान्तिपूर्ण निष्कर्षमा पुर्‍याउन उनले देखाएको साहस र निष्ठाको म सधैं प्रशंसा गर्छु... युक्रेनमा पुटिनको आक्रामकताको समयमा सोभियत समाज खोल्नको लागि उनको अथक प्रतिबद्धता हामी सबैका लागि उदाहरण बनेको छ।'

क्यानाडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरनी

क्यानाडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरनीले भनेका छन्,'उनी एक असल साथी थिए । अचम्म लाग्न सक्छ... उहाँसँग व्यवहार गर्न उहाँ निकै रमाइलो मानिस थिए । उहाँसँग आफ्नो देशको भविष्यको लागि ठूलो भिजन थियो जुन अहिले व्यक्त गरिएको छ। इतिहासले उहाँलाई एक महान परिवर्तनकारी नेताको रूपमा सम्झिरहनेछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ