arrow

सीजीले ल्यायो घरायसी सामग्रीहरुको दशैं–तिहार उपहार योजना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
cg-sanga-garau-garva.jpg

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी अन्तर्गतको सीजी स्मार्ट डोमेस्टिक एप्लाएन्सेस्ले यसपालिको दशैं, तिहार तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । 

सीजीसँग यो पर्व, ‘गरौं गर्व’ नामक यस योजना अन्तर्गत कम्पनीले विभिन्न बम्पर तथा साप्ताहिक उपहारहरु लिएर आएको सीजीले जनाएको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुका लागि सीजीका साना घरायसी सामग्रीहरुको खरिदमा बम्परमा ५५ इन्चको ओएलईडी टीभी १ जनालाई, दुबई भ्रमण १ जनालाई, मेगौली सेराइको बसाई २ जनालाई तथा हरेक हप्ता कार भ्याकुम ४ जनालाई जित्ने मौका रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार ग्राहकले यस योजनासँगै सीजीका स्मार्ट उत्पादनहरु घर ल्याई गर्वका साथ नेपालको आफ्नै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्ने छन् । 

यो आकर्षक योजना कम्पनीले भदौ ११ गतेदेखि देशभरमा सीमित अवधिका लागि लागू गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ