arrow
ADVERTISEMENT

पहिलो पटक बेलायती महारानी नयाँ प्रधानमन्त्री नियुक्त गर्न नजाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
elizabeth-ii.jpg

काठमाडौं । बेलायत (यूके) की महारानी एलिजाबेथ द्वितीय आफ्नो शासनकालमा पहिलो पटक बेलायतका अर्को प्रधानमन्त्रीलाई बकिंघम प्यालेसको सट्टा बालमोरलमा स्वागत गर्ने भएकी छिन् । महारानी एलिजाबेथ द्धितीयको ७० वर्षको शासनकालमा पहिलो पटक यो ऐतिहासिकरुपमा हुने भएको हो ।

बकिंघम प्यालेसका प्रवक्ताले भने ९६ वर्षीया महारानीले स्कटल्याण्डबाट एक हजार माइलको राउन्ड ट्रिप नगर्ने बताएका हुन् । यसको सट्टा निवर्तमान नेता बोरिस जोनसनले सेप्टेम्बर ६ मा लन्डनबाट उत्तरको यात्रा गर्ने र त्यसपछि उनका उत्तराधिकारीको स्वागत हुनेछ।

बोरिस जोनसनको सरकारलाई महिनौंको घोटालाले हल्लाएपछि र दर्जनौं मन्त्रीले पदबाट राजीनामा दिएपछि जुलाईको सुरुमा उनले कन्जरभेटिभ पार्टीको नेताको पद छोड्ने घोषणा गरेका थिए ।

उनको यो घोषणासँगै अहिले यूकेकी विदेश मन्त्री लिज ट्रस र पूर्व कुलपति ऋषि सुनक प्रधानमन्त्रीको दौडमा रहेका छन् ।

यो जोडीले पार्टीका १ लाख ६ हजार रैंक एन्ड फाइल सदस्यहरूबाट मत मागेका छन् । सो मतको नतिजा आउँदो सोमबार सार्वजनिक हुने भएको छ ।

संसदको सबैभन्दा ठूलो दलको नेताको रूपमा विजेतालाई महारानीले अर्को सरकार गठन गर्न र उनको १५ औं प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने छिन् ।

संसद उद्घाटन गर्ने एवं संसदीय बिधेयकलाई कानुनमा हस्ताक्षर गर्नु बाहेक राज्य प्रमुखको रूपमा महारानीको मुख्य औपचारिक जिम्मेवारीहरू मध्येको एक प्रमुख नयाँ प्रधानमन्त्री नियुक्त गर्नु पनि हाे ।

पछिल्लो १२ महिनामा महारानीको सान्त्वनाको लागि धेरै सभा सम्मेलनहरु परिमार्जन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ