arrow

काठमाडौंबाट एमालेले सिफारिस टुंग्यायो, तीन क्षेत्रमा एकल उम्मेदवार, विद्यासुन्दर दुई ठाउँबाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
uml-cpn.jpg

काठमाडौं । सत्तारुढ दलहरु सिट बाँडफाँडमा अल्झिएका बेला नेकपा एमाले काठमाडौं जिल्लाले भने आकांक्षीहरुको नाम सिफारिस गरेको छ । एमाले काठमाडौंं जिल्लाको क्षेत्रीय कमिटीहरुले जिल्लाका सबै निर्वाचन क्षेत्रका आकांक्षीहरुका नामहरु सिफारिस गरेका छन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका आकांक्षीहरुको नामावली सिफारिस गरेका हुन् । बुधबार दिउँसो कमिटीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराई, क्षेत्र नम्बर २ मा मणीराम फुयाल, क्षेत्र नम्बर ३ मा कृष्णराई, क्षेत्र नम्बर ४ मा डा. राजन भट्टराई र निर्मल कुईँकेल, क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेल, क्षेत्र नम्बर ६ मा योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिना सिफारिसमा गरेका छन् । 

त्यसैगरी क्षेत्र नम्बर ७ मा इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्त, क्षेत्र नम्बर ८ मा राजेश शाक्य, क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य र क्षेत्र नम्बर १० मा  विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर र शम्भुराम महर्जन छन् ।

यसमा एमाले उपाध्यक्ष विद्यासुन्दर शाक्यलाई दुई क्षेत्रबाट सिफारिस गरिएको छ भने अष्टलक्ष्मी शाक्यलाई सिफारिस गरिएको छैन । क्षेत्र नं ७ बाट सांसद रामवीर मानन्धरलाई सिफारिसबाटै आउट गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ