arrow

फ्रेन्च लिग वानः पीएसजी शीर्ष स्थानमा कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
messi-neymar-mbappe.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा कायमै रहेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ३–० गोल अन्तरले हरायो । 

खेलको ३७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाए । खेलको ५० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–० ले अग्रता दिलाए ।

खेलको ९० औं मिनेटमा जुआन बर्नेटले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । 

अन्य खेलको नतिजा–
लेन्स ५–२ लोरेन्ट
लिले १–२ निस
मार्से १–० क्लेमोन्ट फूट
रेन्नेस ३–१ बे्रस्ट

अंक तालिका–
पीएसजीले ५ खेलमा १३ अंक जोडेको छ । लेन्स र मार्से पनि समान ५ खेलबाट १३ अंकसहित गोल अन्तरमा दोस्रो र तेस्रो स्थानमा छन् । 

लियोँ ४ खेलबाट १० अंकसहित चौथो स्थानमा रहेको छ । एसी अजासियो १ अंकसहित पुछारमा रहेको छ । 

पीएसजी शीर्ष स्थानमा रहेको छ ।

टुलुज ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ