arrow

बेको को दसैँ तिहार योजना नेपाली बजारमा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
beko-cg-dashain-offer-2079.jpg

काठमाडौँ। युरोपको ठुलो इलेकट्रोनिक्स ब्राण्ड बेकोले नझिकिरहेको नेपालीहरूको दसैँ तिहार २०७९ लाई लक्षित गर्दै "बेको सँग दसैँ तिहार, भित्र्याउनुहोस् खुसी र उपहार" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ। साथै बेको को रेफ्रिजीरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाइन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनर को खरिदमा रु.४००० बराबरको फ्री इन्स्ट्लेसन पाइन्छ।

उक्त योजना भाद्र १०, २०७९ देखि सीमित अवधिका लागि लागू गरिएको छ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ