arrow

ब्ल्याक एण्ड डेकरको "डबल डिलाइट" योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
cg-double-delight-dashain-offer-2079.jpg

काठमाडौँ। अमेरिकाको नम्बर १ ब्रान्ड ब्ल्याक एण्ड डेकरले यो नयाँ वर्षलाई लक्षित गरी "डबल डिलाइट" नामक योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले ब्ल्याक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र मा पनि सहभागी हुन पाउने कम्पनीले जनाएको छ।

लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टिभी, एक भाग्यशाली ग्राहकले दुबई टुर प्याकेज, २ भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र साप्ताहिक उपहार स्वरूप ४ भाग्यशाली ग्राहकहरूले ब्ल्याक एण्ड डेकरको कार भ्याक्युम क्लिनर जित्न सकिने कम्पनीले जनाएको छ।

स्योर सट उपहार स्वरूप ग्राहकहरूले ब्ल्याक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याक्युम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तर्राष्ट्रिय ब्रान्डको पर्फ्युम नि:शुल्क प्राप्त गर्न सक्नेछ भने एअर ह्युमिडिफायरको खरिदमा एभरेस्ट अरोमाको अरोमा किट(ओएल) नि:शुल्क प्राप्त गर्न सक्नेछ र गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरीय किचेन एप्रोन नि:शुल्क प्राप्त गर्न सक्नेछ। ब्ल्याक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरूमा आकर्षक छुट पनि रहेको छ।

ग्राहकहरूले यो योजनाको लाभ भाद्र १६ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक एण्ड डेकरका उत्पादनहरू टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरूको प्रयोगले उपभोक्ताहरूको जनजीवन सहज भइरहेको र ब्ल्याक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।

ब्ल्याक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ