arrow

कोरोनाबाट एकको मृत्यु, दुई सय ६९ संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय १५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.५ प्रतिशत छ । 

सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ५८ पुगेको छ । यस्तै आज कोरोना भाइरसको  सङ्क्रमणबाट एक जनाको निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला र मुगु छन् ।

यस्तै होम आइसोलेसनमा तीन हजार चार, संस्थागत आइसोलेसनमा एक सय ५४, सघन उपचार कक्ष (आईसीयू) मा ४६ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । 

आज कसैले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ