- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं १ को उम्मेदवारमा सिफारिस गरिएको छ ।
पार्टीको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि बस्नेतलाई मात्र सिफारिस गरेको हो । बैठकले प्रतिनिधि सभाको समानुपातिक तर्फबाट भने सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ ।
सोही क्षेत्रको प्रदेशसभा ‘क’ मा भने प्रत्यक्षतर्फ भोला बोहोरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गङ्गाबहादुर श्रेष्ठ, मषिना खड्का भण्डारी, दोर्जे लामा, देविबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फबाट भने हरिशरण श्रेष्ठ र लीलाकुमारी नेपालको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभा १ को प्रदेश ‘ख’ का लागि पनि नौ जनाको नाम सिफारिस गरेको छ । पार्टीले देवेन्द्र खड्का, राजेन्द्रकुमार श्रेष्ठ, जङ्गबहादुर लामा, केदार क्षेत्री, श्रवणकुमार जिसी, सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ र शर्मिलाकुमारी खड्काको नाम सिफारिस गरेको छ ।
सो क्षेत्रको समानुपातिकतर्फ भने दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, ङिमा जाङ्बो शेर्पा, चित्रकुमार मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठको नाम सिफारिस गरेको छ ।