arrow

गोरखाबाट प्रचण्ड र नारायणकाजीको नाम, बाबुराम कहाँबाट लड्दै छन् चुनाव ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
Baburam-bhattrai-stage.jpg.jpeg

गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोरखाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ । 

दुई निर्वाचन क्षेत्र र प्रदेशतर्फ चार निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादीले प्रस्तावित उम्मेदवारको नाम टुङ्गो लगाएर सिफारिस गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य लेखबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार प्रत्यक्षतर्फ क्षेत्र १ मा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’सहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेत्री सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

त्यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा, अमरबहादुर गुरुङ र पर्शुराम रम्तेलको नाम सिफारिस गरेको केन्द्रीय सदस्य थापामगरले जानकारी दिए । सोही क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा केन्द्रीय सदस्य कृष्ण धिताल, जगन्नाथ खनाल र ध्रुवकुमार भट्टको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । 

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री श्रेष्ठ सहित पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको र सो क्षेत्र अन्तर्गत प्रदेशसभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र धना तमुको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । 

सो क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, नरबहादुर गुरुङ र वासु पोखरेलको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रले जिल्लाअन्तर्गत सङ्घ र प्रदेशका सबै क्षेत्रका लागि समानुपातिकतर्फका उम्मेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको जनाएको छ ।  

बाबुराम कहाँबाट लड्दैछन् चुनाव ? 
गोरखाका दुवै क्षेत्रमा माओवादीका दुई भेट्रान उम्मेदवारको नाम बाहिर आएको छ । जसमा प्रचण्ड र प्रकाश रहेका छन् । हुनत प्रचण्डले आफू चितवन ३ बाटै चुनाव लड्ने बताएका छन् । अझै ठ्याक्कै टुङ्गो गरिसकेको अवस्था भने छैन । 

अर्कातिर गोरखा २ बाट यसअघि डा. बाबुराम भट्टराई लडेका थिए । उनले २०७४ को चुनाव कांग्रेसको समर्थनमा जितेका थिए । त्यतिबेला बाबुरामले नारायणकाजीलाई हराएका थिए । 

अहिले नारायणकाजीले छोड्ने अवस्था छैन । फेरि जसपा छोडेपछि बाबुरामले पनि आगामी चुनावमा माओवादीको चुनाव चिन्ह हँसिया हथौडाबाट नै चुनाव लड्ने पक्का गरेका छन् । 

नारायणकाजीले नछाड्ने हो भने बाबुरामको हालत के हुन्छ ? 

त्यसो त प्रचण्डले बाबुरामलाई हँसिया हथौडामा चुनाव लड्न दिने निर्णय गरेपछि नारायणकाजीले आपत्ति जनाएका थिए । उनले विद्रोह गर्नेसम्मको संकेत गरेका थिए । तर उनी अगाडि बढ्न सकेनन् । उनले एमालेसँग तालमेल गरेर भए पनि चुनाव लड्ने योजना बनाएको बताइएको थियो । 

पछिल्लो अवस्थाका बारेमा नेताहरुले बोलेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ