arrow

यूएईमा १७४ जना नेपालीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
UAE_Working-nepali.jpg

काठमाडौं । वैदेशिकक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ । 

यूएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो । मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार यूएईमा नै गरिएको दूतावासले जनाएको छ । 

सोही वर्ष वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिब ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति बापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ । 

दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ । 

युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ