arrow

स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न सकेन – डा शेखर कोइराला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १८ शनिबार
shekhar-koirala-2079-05-18.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गरेका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए । 

“सरकारले देशको कुल बजेटको जम्मा पाँच दशमलव ७५ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएको छ, उक्त बजेट स्वास्थ्य क्षेत्रका लागि एकदमै न्यून हो”, उनले भने । 

नेता कोइरालाले कुनै पनि देशलाई समृद्ध बनाउनका लागि स्वास्थ्य र शिक्षामा बजेट पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताए । जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्य र शिक्षा मन्त्रालयलाई आगामी दिनमा कांग्रेस आफैले राख्नुपर्ने उनको भनाइ थियो । 

उनले पार्टी र संसद्का महत्वपूर्ण क्षेत्रमा पेशागत क्षेत्रको प्रतिनिधित्व गराउन सकेमात्र देशको विकास हुने स्पष्ट पारे । 

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ